काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने मनस्थितिमा पुगेका छन् ।
लुम्बिनी प्रदेशका चार सांसदलाई निलम्बन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर दुरुपयोग गरेपछि अहिले ठाकुर र महतोले पनि हस्ताक्षर अभियान सुरु गरेका छन् ।
जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुर र महतोले हस्ताक्षर संकलन गरेको बताइएको छ ।
आवश्यक परे जसपा विभाजन गर्नेसम्मको निर्णयमा ठाकुर र महतो पुग्ने देखिएको छ । यसले सबैभन्दा ठूलो धक्का उपेन्द्र र बाबुराम भट्टराईलाई लाग्ने भएको छ ।
ठाकुर र महतोले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर ओली सरकारलाई समर्थन गर्ने तयारी गरेका छन् । यसका लागि ठाकुर र महतोले आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौंसमेत बोलाएका छन्।
जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये रेशम चौधरी जेलमा छन्। ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग बहुमत रहेको दाबी गरिएको छ। तर, हस्ताक्षर अभियानपछि उपेन्द्र अल्पमतमा पर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।