आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवमाथि लाग्यो गम्भीर आरोप, यस्तो षड्यन्त्रको खुलासा

उपेन्द्र यादवमाथि लाग्यो गम्भीर आरोप, यस्तो षड्यन्त्रको खुलासा

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 5.7K
    SHARES

  • उपेन्द्र यादवमाथि लाग्यो गम्भीर आरोप, यस्तो षड्यन्त्रको खुलासा

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता विमलप्रसाद श्रीवास्तवले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि गम्भीर आरोप लगाएका छन् ।

    अध्यक्ष यादवले पार्टी फुकाउन सांसदलाई कारवाही गर्ने र बहुमतको दम्भ देखाउने काम गरिरहेको नेता श्रीवास्तवले आरोप लगाए । 

    लुम्बिनी प्रदेशमा देखिएका घटनाक्रमबारे मिडियामा विचार व्यक्त गर्दै नेता श्रीवास्तवले भने, ‘पार्टी फुटाउन उद्दत गतिविधि सह्य छैनन्, यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प छैन ।’

    नेता श्रीवास्तवले अगाडि भने, ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ । उपेन्द्र यादवहरूका कारण जसपा फुटको संघारमा पुगेको छ ।’

    केन्द्र पार्टीको निर्णय नै नभई लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने ४ सांसदलाई उपेन्द्र यादव पक्षले पदमुक्तका लागि सिफारिस गरेपछि जसपामा विवाद देखिएको छ । कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीवार ४ सांसद पदमुक्त भएको सूचना सार्वजनिक गरेका छन् ।

    पार्टीबाट निष्कासन गरिएको सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले ४ सांसदलाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीवार साँझ नै पत्र पठाएका थिए । कीर्ते र गैरकानूनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् ।

    जसपाका केही नेताले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले जसपा फुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिल्न लागेको आरोप लगाएका छन् ।

    पूर्व समाजवादी पार्टीका नेता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद श्रीवास्तवले पार्टी फुट्न लागेको बताए । उनले भने, ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend