आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले कारवाही गरेका यी ३ जनालाई मन्त्री उपहार, शपथपछि झण्डावाल गाडीमा सरर !

एमालेले कारवाही गरेका यी ३ जनालाई मन्त्री उपहार, शपथपछि झण्डावाल गाडीमा सरर !

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 19.9K
    SHARES

  • एमालेले कारवाही गरेका यी ३ जनालाई मन्त्री उपहार, शपथपछि झण्डावाल गाडीमा सरर !

    काठमाडौं – नेकपा एमाले पार्टीभित्र विवाद चर्किएर पार्टी ह्वीप विपरीत नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका ३ जना सांसदलाई पार्टीले कारवाही गरेपछि मन्त्री पद उपहार मिलेको छ ।

    पार्टी ह्वीप विपरीत फ्लोर क्रस गरेका सांसदहरू कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुनः मन्त्री नियुक्त गरेका छन् ।

    सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुसार शाहीले तीनै जनालाई नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

    कर्णाली प्रदेश सरकारमा थपिएका नयाँ ३ जना मन्त्रीको शपथ ग्रहण कार्यक्रम आजै बुधवार दिउँसो १ बजे तोकिएको छ । शपथ ग्रहणपछि मन्त्रीहरू झण्डावाल गाडीमा सरर हिँड्ने भएका छन् ।

    नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे तय भएको छ ।

    पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका सांसदलाई एमालेले कारवाही गरेपछि पनि तीनै नेताहरू मन्त्री बन्दैछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७१२:१५:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend