आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई अक्सिजनमा राखियो, कस्तो छ स्वास्थ्य अवस्था ?

कोरोना लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई अक्सिजनमा राखियो, कस्तो छ स्वास्थ्य अवस्था ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 6.3K
    SHARES

  • कोरोना लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई अक्सिजनमा राखियो, कस्तो छ स्वास्थ्य अवस्था ?

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएर नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहलाई अक्सिजनमा राखिएको छ ।

    उनीसँगै अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहलाई समेत अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

    अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको जानकारी दिएको छ ।

    पूर्व राजारानी बैशाख ११ गते शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए । भारतको हरिद्वारमा तीर्थयात्रा गरेर फर्किएपछि उनीमा संक्रमण पुष्टि भएको थियो ।

    ‘कोरोनाबाट संक्रमितहरूमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ अस्पतालले भनेको छ ।

    अस्पताल भर्ना भएकी पूर्वराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जानकारी दिएको छ ।

    अस्पतालले भनेको छ, ‘उहाँहरू तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend