आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सबैतिरबाट लखेटिए माधव नेपाल, अब कता जाने ?

सबैतिरबाट लखेटिए माधव नेपाल, अब कता जाने ?

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 8.0K
    SHARES

  • सबैतिरबाट लखेटिए माधव नेपाल, अब कता जाने ?

    काठमाडौं – नेकपा एमालेले नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । नेता बामदेव गौतम र माओवादी केन्द्रबाट आएका ४ नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ । 

    स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित गौतम, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदिप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेललाई चयन गरिएको छ । यीमध्ये थापा, रायमाझी, भट्ट र थापा माओवादीबाट आएका नेता रहेका छन् । 

    नेपालसहित उनी पक्षका झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुकुन्द न्यौपाने, अमृतकुमार बोहरा र रघुजी पन्तलाई कमिटीमा समेटिएको छैन । उनीहरु नवौं महाधिवेशनबाट निर्वाचित भएका थिए ।

    ओली पक्षमै रहेका सोमनाथ प्यासी प्रदेश प्रमुख भएकाले स्थायी कमिटीमा परेका छैनन् । स्थायी कमिटीमा महिला र कर्णाली प्रदेशबाट कोही पनि परेका छैनन् ।  

    बैठकले २६५ नेताको जिम्मेवारी तोकेको छ । अध्यक्ष ओलीले स्कूल विभागको जिम्मेवारी लिएका छन् । महासचिव पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख तथा उपत्यका विशेष कमिटी इन्चार्ज बनाइएको छ । विष्णु पौडेल संगठन विभाग तथा अर्थ तथा योजना विभाग प्रमुख बनेका छन् । प्रवक्ता एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीलाई बनाइएको छ । 

    शंकर पोखरेललाई लुम्बिनी प्रदेशको इन्चार्ज, संघीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई प्रेस चौतारी नेपाल इन्चार्ज र प्रचार तथा प्रकाश विभाग उपप्रमुखको जिम्मेवारी दिएको छ । महेश बस्नेतले युवा संघ र नेपाल खेलकुद महासंघ इन्चार्जको जिम्मेवारी पाएका छन् । गौतमलाई स्थायी कमिटीमा राखिए पनि जिम्मेवारी दिइएको छैन । 

    जिम्मेवारी नपाउनेमा नेपालसहित उनी पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृत बोहरा, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कल्याणीकुमारी खड्का, केदारप्रसाद न्यौपाने, कृष्णप्रसाद शर्मा खनाल, खगेन्द्र चुडाल, गणेशकुमार पहाडी, गंगालाल तुलाधार, गरिमा शाह, गौरा प्रसाईं कोइराला, घनेन्द्र बस्नेत, चन्द्र शाही, चूडामणि जंगली, जगन्नाथ खतिवडा, जयन्ती राई छन् । 

    जीवननाथ घिमिरे, जीवनराम श्रेष्ठ, झपट रावल, टंकप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, दिलकुमारी पन्त, डा. देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, धर्मनाथ प्रसाद साह, धर्मराज निरौला, नरेश खरेल, नागेन्द्रप्रसाद चौधरी, निरज आचार्य, निरादेवी जैरु, पशुपति चौलागाईं, प्रकाश ज्वाला (निष्कासित), प्रकाशबहादुर शाह, प्रतापलाल श्रेष्ठ, प्रदीप नेपाल, प्रमेलकुमार खनाल, प्रमेशकुमार हमाल, बलदेव चौधरी, बलराम बासकोटा, बसन्त मानन्धर, बेदुराम भुसाल, भागवत विश्वासी नेपाली, भानुभक्त जोशी, भाष्कर काफ्ले, ममता गिरी, महमद महफुज अन्सारी, महेश रेग्मी, माधवप्रसाद अर्याल, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, यदुवंश झा, यज्ञराज सुनुवार, रचना खड्का, रत्नेश्वर गोइत, रवीन्द्र अधिकारी (नवलपुर), रविन कोइराला, राजन राई, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रप्रसाद राई, राजेन्द्रप्रसाद पाण्डे, रामकुमारी झाँक्री, रामबहादुर ज्ञवाली, रामचन्द्र यादव, रामचन्द्र साह तेली, रामप्रित पासवान, लक्ष्मण पौडेल, डा. विजयकुमार पौडेल, विजय गुरुङ, विक्रमबहादुर शाही, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, शत्रुघन महतो, शारदाप्रसाद सुवेदी, शेरबहादुर केसी, श्रीनाथ बराल, श्रीप्रसाद साह, श्रीमाया थकाली, सरलाकुमारी यादव, सावित्राकुमारी भुसाल, सुधीरप्रसाद साह, सुरेन्द्र मानन्धर, सोमप्रसाद पाण्डे, हरिबहादुर राई, हंशबहादुर शाहीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।
     
    नेपाल पक्ष त्यागेका नेताहरुलाई जिम्मेवारी दिइएको छ । शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ । उनलाई बागमती प्रदेशको सहइन्चार्ज, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पनि बनाइएको छ । विष्णु रिजाललाई दैलेखको सहइन्जार्चका साथै विदेश विभाग उपप्रमुख बनाइएको छ । 

    सोम मिश्रलाई भक्तपुर जिल्ला इन्चार्ज, लालबाबु पण्डितलाई प्रदेश १ सहइन्चार्जको जिम्मेवारी दिइएको छ । गौतम निकट हरिप्रसाद पराजुलीलाई अखिल नेपाल किसान महासंघको इन्चार्ज बनाइएको छ । केशवलाल श्रेष्ठलाई मानवअधिकार एलायन्सको इन्चार्ज बनाइएको छ । माओवादीबाट आएका गृहमन्त्री बादललाई बागमती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    रायमाझीलाई मोर्चा संगठन (जनसंगठनहरु) को इन्चार्ज बनाइएको छ । भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उद्योग तथा वाणिज्य विभाग प्रमुख र नेपाल उद्योग व्यवसाय महासंघ इन्चार्ज तोकिएको छ । 

    खानेपानीमन्त्री थापा लुम्बिनी प्रदेश सहइन्चार्ज,  खानेपानी तथा सरसफाइ विभाग प्रमुख बनेका छन् । मन्त्री प्रभू साहलाई सहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल र नेपाल बुद्धिजीवी परिषद् इन्चार्जको जिम्मेवारी दिइएको छ । दावा तामाङलाई युवा तथा खेलकुद विभाग प्रमुख, गौरीशंकर चौधरीलाई श्रम तथा रोजगार विभाग प्रमुख बनाइएको छ । दधिराज न्यौपाने रुपन्देही इन्चार्ज, दिनेश पन्थी गुल्मी इन्चार्ज, चन्द्रबहादुर खड्का अर्घाखाँची इन्चार्ज, टंक आङबुहाङ (लिम्बू) प्रदेश नम्बर १ सहइन्चार्ज भएका छन् । झपट बोहरा अछाम इन्चार्ज, ज्वालाकुमारी साह प्रदेश २ अध्यक्ष र बारा इन्चार्ज, गिरीधारीलाल न्यौपाने सहइन्चार्ज, लुम्बिनी प्रदेश, लीलबहादुर थापा मगर सहइन्चार्ज गण्डकी प्रदेश, विसमलाल अधिकारी दनुवार सिन्धुली इन्चार्ज बनेका छन् । 

    बैठकले कर्णाली प्रदेशसभा संसदीय दलका निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गर्ने ४ जनालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसहित प्रदेशसभा सदस्यबाट हटाउने र प्रदेश सभालाई सूचित गर्ने निर्णय गरिएको छ । ज्वाला केन्द्रीय सदस्य र अन्य ३ जना प्रदेश कमिटी सदस्य रहेका थिए ।

    एमाले सांसदले फ्लोर क्रस गर्दा माओवादीबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो । ६ गतेको बैठकले ५ जना प्रदेससभा सदस्यलाई स्पष्टीकरण सोधिएको थियो । जसमा देवी ओलीले भने गल्तीले हस्ताक्षर भएको स्पष्टीकरण दिएपछि कारबाही गरिएको छैन । 

    वरिष्ठ नेता नेपालसहित उनी पक्षका २७ प्रतिनिधिसभा सदस्यको सवालमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ । अध्यक्ष ओलीले हालै उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । सांसद गणेश पहाडी र हीराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएर स्पष्टीकरण दिएका छन् ।

    सांसद जयकुमार राई, सोमप्रसाद पाण्डे र कल्याणीकुमारी खड्काले स्पष्टीकरणसहित सुझाव दिएका छन् । नेपाल, खनाल, रावल, भुसाल, पाण्डेलगायतले ओलीलाई उल्टै प्रश्न गरेका छन् । तर शुक्रवारको बैठकले यी स्पष्टीकरण केही नरम नै रहेको मूल्यांकन गरेको एक नेताले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend