काठमाडौं – हिन्दू धर्मावलम्बीका भगवान् अवतार पुरुषोत्तम श्रीरामको पूजाआजा गरेर मनाइने रामनवमीको अवसरमा २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले मर्यादा पुरूषोत्तम भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशबासीलाई रामनवमीको शुभकामनासहित भोलि बुधबार सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै सरकारी निर्देशन अनुसार प्रेस पर्व मनाउन प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले ध्यानाकर्षण गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।