काठमाडौं – हिन्दू धर्मावलम्बीले धुमधामका साथ मनाउने चैते दशैं पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
विगतका वर्षमा चैते दशैंको सार्वजनिक बिदा कटौती गरेको प्रदेश सरकारले यसपालि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा बिदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
राजपत्रको सूचना अनुसार २०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय भएको छ ।
प्रदेश सरकारले वर्षमा बढीमा ७ दिन सार्वजनिक बिदा दिन पाउने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।