आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ताइवान अधिकारीद्वारा अवैध रुपमा माछा मारिरहेका चिनियाँ ढुंगा र १३ सदस्य पक्राउ 

ताइवान अधिकारीद्वारा अवैध रुपमा माछा मारिरहेका चिनियाँ ढुंगा र १३ सदस्य पक्राउ 

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 13.1K
    SHARES

  • ताइवान अधिकारीद्वारा अवैध रुपमा माछा मारिरहेका चिनियाँ ढुंगा र १३ सदस्य पक्राउ 
    फाइल तस्वीर

    ताइपेइ - ताइवानका अधिकारीहरुले ताइवानको समुद्री क्षेत्रमा अवैधरुपमा माछा मारिरहेका चिनियाा डुंगासहित १३ जना चालक दलका सदस्यहरुलाई पक्राउ गरेको छ । 

    उनीहरुलाई ताइवानको केलुङ तटमा रहेको पेन्जिया इस्लेटको छेउमा अवैध रूपमा माछा मारिरहेको अवस्थामा नियन्त्रणमा लिएको ताइवानी अधिकारीहरुले जानकारी दिएका छन् । 

    कोस्ट गार्ड एडमिनिस्ट्रेशन (सीजीए) ले फोकस ताइवानलाई दिएको जानकारी अनुसार मंगलबार बिहान एक चिनियाँ जहाजले यस टापुको उत्तरपूर्वी क्षेत्रको करिब १४ समुद्री मीलमा रहेको ताइवान समद्री क्षेत्रमा प्रवेश गरेको रिपोर्ट प्राप्त गरेको थियो । 

    बिहान १ बजे मंगलबार, पेन्जियाको १४ समुद्री मील पूर्वोत्तर स्थानमा एउटा सीजीए जहाज पठाइएको थियो, जहाँ कोस्ट गार्ड अफिसरहरूले चिनियाँ ट्रोलरको अवैध रूपमा माछा मार्ने भिडियो फुटेज रेकर्ड गरेका थिए, जसको नाम र नम्बर पनि रेकर्ड गरिएको थियो ।

    जब सीजीए जहाज नजिक आईपुगे र निरीक्षणको लागि अनुरोध गरे, ट्रोलर पल्टाएर भाग्‍न खोजेका थिए । उनीहरुलाई ताइवान कोस्ट गार्डले पछ्याउँदै माछा मार्ने ढुंगासहित पक्राउ गरेको हो । 

    तटरक्षक दलका अधिकारीहरू त्यसपछि माछा मार्ने डुंगामा चढे र जहाजमा लगभग २,००० किलोग्राम जीवित माछासमेत भेटिएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३ २०७८०६:१२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend