काठमाडौं – सरकारले आज बिहीवार सिरुवा–पवानी पर्वको अवसरमा तराईका ५ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सिरुवा–पवानी पर्वको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ ।
पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा–पावनी पर्व बैशाख २ गते बिहीवार पर्न गएकाले ५ जिल्लामा बिदा दिइएको जानकारी दिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २०७८ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।