आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ वर्षका लागि ४ दिनसम्म सार्वजनिक बिदा

नयाँ वर्षका लागि ४ दिनसम्म सार्वजनिक बिदा

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 7.0K
    SHARES

  • नयाँ वर्षका लागि ४ दिनसम्म सार्वजनिक बिदा

    काठमाडौं – नयाँ वर्षमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ४ दिन सार्वजनिक बिदा दिएको छ । 

    बिस्केट जात्रा स्थानीयले आज मंगलबारदेखि भव्यरुपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    नगरपालिकाले विगतका वर्षमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिँदै आएपनि गत वर्ष १ र २ गते सार्वजनिक बिदा गरेको थियो । नगरपालिकाले यस वर्ष चैत ३१ गतेदेखि बैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले बताएका छन् ।

    मेयर श्रेष्ठले भने, ‘हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रुपमा बिस्केट जात्रा मनाइन्छ, यहाँका स्थानीय वासिन्दाका लागि यो ठूलो चाडपर्व हो, यहाँ बैशाख २ गते ३२ खट जात्रा भव्य रुपमा सिन्दुर खेलेर मनाइन्छ, बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ, बिदाको अभावमा स्थानीयले आफ्नै चाड पनि राम्रोसँग मनाउन नसक्ने अवस्था रहेकाले यस वर्षदेखि नगरपालिकाले ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

    बिस्केट जात्रालाई भक्तपुर जिल्लाभर नेवार समुदायले दशैंभन्दा ठूलो चाडका रुपमा मनाउने गरेका छन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र बिस्केट जात्रामा सबै नातेदार, आफन्तलाई बोलाएर भोज खुवाएर ९ दिन ८ रातसम्म भव्य रुपमा मनाउने गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend