काठमाडौँ- पछिल्लो समयका ब्यापक चर्चामा रहेका गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा लोकदोहोरी गीत 'सुर्ती माड्दै...' रिलिज भएको छ । सेन्चुरीलाई गायिका समिक्षा अधिकारीले आबाजमा साथ् दिएको छिन् ।
सर्जक नेत्र अर्यालको शब्द रहेको गीतलाई सेन्चुरीले नै संगीत गरेका छन् । सार्बजनिक भएको केहि समयमा नै गीतले चर्चा बटुल्न सफल भएको छ ।
कृष्ण बिक भान्जाको संगीत संयोजन रहेको गीतलाई आइतबार प्रियसी म्युजिक युटुब च्यानल मार्फत रिलिज गरिएको हो । गीतमा सागर बाजुराली, प्रेमा राणा मगर र रुपी सिन्ज्याली मगरको ग्रुप भोकल रहेको छ ।
निर्देशक काजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडिओमा नायक पल शाह र गायिका समिक्षा अधिकारीको दमदार नृत्य देख्न सकिन्छ । भिडिओको छायाँकन अर्जुन तिवारी टिमले गरेको हो भने दिपक बिस्टले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।