काठमाडौँ- चर्चित गायक मोहन खड्का, दिलिप बिक र गायिका तुलसी घर्तिको आवाजमा लोकदोहोरी गीत 'टुकी बालेर...' रिलिज भएको छ । सर्जक शिब पौडेलको शब्दलाई टपक्क टिपेर गायक स्योयम् खड्काले नै गीतमा संगीत भरेका हुन् ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतलाई मेरी आमा म्युजिक कम्पनिले बजारमा सार्बजनिक गरेको हो ।
पछिल्लो समयका ब्यापक चर्चामा रहेका निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको म्युजिक भिडिओमा मोडल आयुस्मा कार्की र मोहन खड्काको धमाकेदार अभिनय देख्न सकिन्छ ।
दिपक गिरीको छायांकन रहेको भिडिओमा शिब पौडेलले सम्पादन गरेका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल भएको भिडीओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।