आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

खेम सेन्चुरीको संगीतमा आएको 'आधी कपाल' को चौतर्फी चर्चा, ५ घन्टामै हेरीयो १ लाख भन्दा धेरै

खेम सेन्चुरीको संगीतमा आएको 'आधी कपाल' को चौतर्फी चर्चा, ५ घन्टामै हेरीयो १ लाख भन्दा धेरै

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 9.7K
    SHARES

  • खेम सेन्चुरीको संगीतमा आएको 'आधी कपाल' को चौतर्फी चर्चा,  ५ घन्टामै हेरीयो १ लाख भन्दा धेरै

    काठमाडौँ- पछिल्लो समयमा सर्वाधिक रुचाइएका गीतकार तथा सर्जक हुन् खेम सेन्चुरी । उनले आबाज दिएका, तथा संगीत गरेका दर्जनौं गीतहरु मान्छेहरुको मन मुटुमा बस्न सफल भएका छन् ।

    उनै सेन्चुरीले संगीत गरेको 'आधी कपाल' बजारमा सार्बजनिक भएको ५ घण्टामै १ लाख भन्दा बढी पटक हेरिसकिएको छ । यस गीतको भिडियो युट्युबमा सार्वजनिक भए लगत्तै निकै रुचाइएको हो ।

    भिडियोमा मोडल दुर्गेश थापा र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ । गायक अमृत सापकोटा, गायिका समिक्षा अधिकारी र आयुषा गौतमको सुमधुर स्वर रहेको उक्त गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

    गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । भिडियोमा दुर्गेश र एलिजासगै गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका गौतमको पनि अभिनय रहेको छ ।

    गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन  गरेका हुन् भने शिब बिकले निर्देशन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १८ २०७७०४:२१:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend