काठमाडौं – हालै सम्पन्न ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पूर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गयिकाको रूपमा ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छन् ।
चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको अवार्ड समारोहमा चर्चित गायिका पूर्णिमा लामाले ‘मुटु जली खरानी भो’ भन्ने गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् । जुन गीतले चर्चित गायिका पूर्णिमा लामालाई सांगीतिक क्षेत्रमा चिरपरिचित गराएको थियो ।
जुन गीतको शब्द संगीत बलराम साउँदको रहेको थियो । चर्चित गायिका पूर्णिमा लामासँग अन्य चर्चित गायिकाहरू निशा देशार, मेलिना राई, सुमिना लो र बानिका प्रधानहरू प्रतिस्पर्धामा रहेका थिए ।
विन्ध्यवासिनी म्युजिक प्रालिद्वारा विभिन्न २५ विधामा अवार्ड वितरण गरिएको थियो । सानो उमेरमै सांगीतिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पूर्णिमा लामाले हालसम्म झण्डै ४०० भन्दा बढी गीत गाइसकेकी छन् ।

कलाकारलाई सधैं उच्च सम्मानका साथ आयोजना गरिने विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गायिकाको रूपमा ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड प्रदान गरिदिएकोमा पूर्णिमा लामाले खुशी हुुँदै विन्ध्यवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी, विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी लगायत सम्पूर्ण आयोजक परिवारप्रति हृदयदेखि नै हार्दिक आभार प्रकट गरेकी छन् ।
विन्ध्यवासिनी म्युजिक प्रालि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफूमाथि थप सांगीतिक अभिभारा थपिएकोमा आफू निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील रहने समेत लामाले बताइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।