आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’ बनाउदै

‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’ बनाउदै

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 4.6K
    SHARES

  • ‘पासवर्ड’ निर्देशक सम्राट ‘लाल मोहन जि’ बनाउदै

    काठमाडौंँ - फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई बर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्धोन्द निर्देशक सम्राटको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो ।

    आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

    विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भुमिका रहने फिल्मका लागि एक हिरोइन भने चयन हुन बाँकी छ ।

    प्रवेश पौडेलको कथामा पट्टथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राजको संगीत, निरज कडेलको छायाँकन, राजु तामाङको द्धोन्द, कबिराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

    नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ ।

    सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ‘फिल्मको कथाका लागि दुई बर्ष होमर्वक गरेका छौ । यसको कथा अहिले सम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि बिपिनलगायत कलाकारले मनपराएका छन् ।’ आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए ।

    फिल्म तिहारमा रिलिज लक्ष्य लिइएको फिल्मको प्रोडक्सन म्यानेजर दीपिल पन्त रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २८ २०७७०१:४६:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend