काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्क्सिङ संघको संयुक्त आयोजनामा चापागाउँमा सञ्चालन हुन लागेको चौथो वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि विभिन्न समिति गठन गरिएको छ ।
प्रतियोगिताको आर्थिक कमिटीको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, सहसंयोजकमा विनोद महर्जन, सचिवमा मथुरा शर्मा रहेका छन् ।
अनुगमन समितिको संयोजकमा विक्रमबहादुर श्रेष्ठ, सहसंयोजकमा मोहन मल्ल, सचिवमा दिनेश घोरासाइने रहेका छन् ।
सुरक्षा समितिको संयोजकमा दयाराम महर्जन, सहसंयोजकमा सुरेन्द्र कपाली, सचिवमा मनोज डंगोल रहेका छन् । समारोह समितिको संयोजकमा सुरज श्रेष्ठ, सहसंयोजकमा पुरुषोत्तम घिमिरे, सचिवमा दिपक घिमिरे रहेका छन् ।
व्यवस्थापन समितिको संयोजकमा सागर चित्रकार, सहसंयोजकमा सुनन्द महर्जन ‘श्याम’, सचिवमा मदन महर्जन रहेका छन् । अतिथि सत्कार समितिको संयोजकमा रविकुमार सिलवाल, सहसंयोजकमा द्वारिका श्रेष्ठ, सचिवमा सरोज मेहेर कायस्थ रहेका छन् ।
रेफ्री कमिटीको संयोजकमा राजेन्द्र कपाली, सहसंयोजकमा महेश रंजित, सचिवमा दिपक श्रेष्ठ रहेका छन् । प्रचारप्रसार समितिको संयोजकमा राजु बस्नेत, सहसंयोजकमा केदार नाथ दाहाल, सचिवमा रमेशप्रसाद घिमिरे रहेका प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले बताए ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र पुरुस्कार वितरण नेपाली कांग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले गर्ने ललितपुर किक बक्सिङ संघ अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले बताएका छन् ।
प्रतियोगिता चैत्र २६, २७ र २८ गते ३ दिन चल्ने छ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराँते तेक्वान्दो उसु बक्सिङ मुआई थाई फुल कन्ट्याक्ट कराँते आईटीएफ किक बक्सिङ र रेज क्लब लगायत खेलाडीले सहभागिता जनाउने प्रतियोगिता सहसंयोजक ध्र्रुव खनालले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।