काठमाडौँ- चर्चित मोडल तथा निर्देशक बिनोद भण्डारीको निर्देशनमा मर्मस्पर्शी लोकदोहोरी गीत 'कौवा करायो...' रिलिज भएको छ । पछिल्लो समयका ब्यापक चर्चामा रहेका गायक तथा संगीतकार खेम सेन्चुरीको आबाजमा रहेको गीतको भिडिओ शुक्रबार रिजिल भएको हो ।
गीतमा गायक खेम सेन्चुरीलाई गायिका सर्मिला गुरुङले आवाजमा साथ् दिएकी छिन् । सर्जक बिक्रमबाबु बिश्वकर्माको शब्दलाई टपक्क टिपेर गायक सेन्चुरीले नै गीतको संगीत गरेका हुन् ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतको भिडिओमा जुना गुरुङ र इश्वोर बाबुको दमदार अभिनय देख्न सकिन्छ । गल्कोट आसपासमा छायाँकन गरिएको भिडिओले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
गोधुली क्रियसनको ब्यानरमा तयार पारिएको भिडिओलाई सम्पादक मनोज कार्कीले गरेका हुन् भने बिकाश ज्ञावालीले कलर गरेका छन् । करण चैसिरको छायाँकन रहेको भिडिओलाई मुनाल टिभी अफिसियल नामक युटुब बाट सार्बजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।