शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रधानमन्त्री ओली र सभामुख भेट सापकोटाबीच भेटवार्ता, के भयो सहमति ?

प्रधानमन्त्री ओली र सभामुख भेट सापकोटाबीच भेटवार्ता, के भयो सहमति ?

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 6.5K
    SHARES

  • प्रधानमन्त्री ओली र सभामुख भेट सापकोटाबीच भेटवार्ता, के भयो सहमति ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आईतबार दिउँसो लामो समयपछि भेटघाट भएको छ ।

    सभामुख सापकोटा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा चलेको आरोप लगाउँदै ओलीले विरोध गर्दै आएका थिए ।

    सापकोटा र ओलीबीचको भेटपछि संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने भएको छ । ३ हप्तायता भएका प्रतिनिधिसभा बैठकले बिजनेश अगाडि बढाउन नसक्ने र नयाँ बिजनेश पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको भेट भएको छ ।

    आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

    ‘संसदमा बिजनेश नभएको होइन, सरकारले बिजनेश नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरूबीच कुरा भएको छ,’ उनले भने ।

    सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताएका छन् ।

    ‘उहाँहरूबीच संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, जरुरी र महत्त्वपूर्ण विधेयकहरू अगाडि बढाउने विषयमा छलफल भएको छ,’ उनले भने ।

    संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा हाल ३६ वटा विधेयक विचाराधीन रहेका छन् । केही जरुरी सार्वजनिक महत्त्वका प्रस्ताव समेत छन् । तर प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरू भएको एक महिना हुनलाग्दा समेत कानून निर्माण प्रक्रियामा संसद प्रवेश गर्न सकिरहेको छैन ।

    सभामुख सापकोटाको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र सापकोटाबीच गएको भदौ दोस्रो हप्तायता औपचारिक भेट हुन सकेको थिएन ।

    पुस ५ गतेमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि ओली र सापकोटाबीच पछिल्लो पटक  दूरी बढेको थियो । सापकोटाले विज्ञप्ति निकालेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको खुलेरै विरोध गरेका थिए । सर्वोच्च अदालतमा समेत सभामुखका कानून व्यवसायीले ओलीको कदमको विपक्षमा बहस गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend