आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सूर्य थापाले योगेश भट्टराईमाथि गरे कडा प्रहार !

सूर्य थापाले योगेश भट्टराईमाथि गरे कडा प्रहार !

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०७७

  • 6.5K
    SHARES

  • सूर्य थापाले योगेश भट्टराईमाथि गरे कडा प्रहार !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्र खनाल–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईमाथि कडा प्रहार गरेका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले ‘बिगार्न बाँकी चाहिँ के नै राख्नुभयो ?’ भन्दै कडा प्रश्न गरेका छन् ।

    थापाले भट्टराईलाई फागुन २३ गतेपछि पार्टी निकट पत्रकारहरूका फुटगत भेला कति वटा गर्नुभयो भनेर समेत प्रश्न गरेका छन् ।

    सल्लाहकार थापाले लेखेका छन्, ‘योगेशजीको सच्चाइबोधलाई धन्यवाद ! तर यी तथ्य बिर्सनै नमिल्ने छन् – १. बिगार्न बाँकीचाहिँ के नै राख्नुभयो ? पुस ५ गतेयता हेरिटेज गार्डेनसम्मका तथाकथित भेलाहरूमा आफ्नै भूमिकाको आत्मसमीक्षा गर्नुभएको छ ? २. फागुन २३ पछि पार्टी निकट पत्रकारहरूका फुटगत भेला कति वटा गर्नुभयो ?’

    नेता योगेश भट्टराईले ट्विटरमा राखेको धारणामाथि प्रतिक्रिया जनाउँदै सल्लाहकार थापाले उल्टै प्रश्न गरेका हुन् । यसअघि भट्टराईले ट्विटरमा एमाले एकता कायम राख्न हरसम्भव कोसिस गर्नुपर्ने विचार राखेका थिए ।

    भट्टराईले लेखेका थिए, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं । थोरै पनि लचकताबाट यो सम्भव छ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौंपछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ, निकट विगतलाई सम्झे मात्र पुग्छ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन २४ २०७७०१:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend