आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र माधव नेपाल पक्ष आपसमै विभाजित, भीम रावलले गरे अर्कै विद्रोह !

एमालेभित्र माधव नेपाल पक्ष आपसमै विभाजित, भीम रावलले गरे अर्कै विद्रोह !

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 26.2K
    SHARES

  • एमालेभित्र माधव नेपाल पक्ष आपसमै विभाजित, भीम रावलले गरे अर्कै विद्रोह !

    काठमाडौं – नेकपा एमालेमा एकपछि अर्काे घटनाक्रम विकसित भइरहेका छन् ।

    आज शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको निर्णयलाई नेता भीम रावलले नमान्ने भएका छन् ।

    ओलीले बोलाएको संसदीय दलको बैठकमा नेता भीम रावल नजाने भएका हुन् । खनाल–नेपाल पक्षको भेलाले ओलीले बोलाएको बैठकमा जाने निर्णय गरेपनि नेता रावलले भने बैठकमा नजाने बताएका छन् ।

    ‘म अहिले केही बोल्दिनँ तर म बैठकमा जान्न,’ नेता रावलले भने । उनले बैठकमा नजानुको कारणबारे थप केही बताउन चाहेनन् । यसबाट उनी असन्तुष्ट रहेको चर्चा चलेको छ ।

    यसअघि नेकपा एमालेभित्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अन्ततः थुरुथुरु डराउँदै ओलीले बोलाएको बैठकमा जाने निर्णयमा पुगेको थियो ।

    यसअघि खनाल–नेपाल पक्षले फागुन २८ गतेको केन्द्रीय कमिटीका निर्णय खारेज नभएसम्म बैठकमा नजाने निर्णय गरेको थियो । तर शुक्रबार नेपाल पक्षको पूर्ववत् निर्णयमा हेरफेर भएको स्रोतले जनाएको छ । आज शुक्रबारको बैठकमा सहभागी हुने निर्णय भएको खनाल–नेपाल पक्षका नेता ठाकुर ठाकुर गैरेले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने निर्णय भएको जनाइएको छ ।

    खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ ।

    शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले नेता नेपालसहित ४ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाएपछि केही सांसद डराएर बैठकमा जानुपर्ने अडानमा पुगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०३:५७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend