आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘भ्रमको खेती नहोस्’ भन्दै डा. बाबुराम भट्टराईले बताए जसपाको सर्वसम्मत अडान

‘भ्रमको खेती नहोस्’ भन्दै डा. बाबुराम भट्टराईले बताए जसपाको सर्वसम्मत अडान

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 4.8K
    SHARES

  • ‘भ्रमको खेती नहोस्’ भन्दै डा. बाबुराम भट्टराईले बताए जसपाको सर्वसम्मत अडान

    काठमाडौं – सत्ता समीकरण फेरबदलको चर्चाबीच निर्णायक शक्ति रहेको जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको सर्वसम्मत अडानबारे जानकारी दिएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा शुक्रबार बिहान धारणा राख्दै अध्यक्ष भट्टराईले भ्रमको खेती नगर्न आग्रह समेत गरेका छन् ।

    उनले रेशम चौधरीको रिहाइ र संविधान संशोधनको माग जसपाको सर्वसम्मत अडान रहेको जनाएका छन् ।

    डा. भट्टराईले लेखेका छन्, ‘रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरुको रिहाइ तुरुन्त र निःशर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरुको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुने गरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्ता स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस् !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०७:२०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend