बेइजिङ - चिनियाँ सेना पीएलएले तिब्बतस्थित आफ्नो सीमा क्षेत्रमा इन्टेलिजेन्स, टार्गेट एक्युजिसन र रिकन्सिसटेन्स (आईएसटीएआर) क्षमतामा वृद्धि गरिरहेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले ५ मार्चमा सीमा क्षेत्रको निगरानी बढाएको खुलासा गरेको थियो ।
चीनले भारतसँगको सीमा तनावका बीच तिब्बत मिलिटरी कमान्डले सीमा सुरक्षा बलको खुफिया, निगरानी, लक्षित अधिग्रहण, र ड्युटी क्षमता बढाएको जनाइएको छ ।
चाइना सेन्ट्रल टेलिभिजन ((सीसीटीवी)) च्यानलले जारी गरेको भिडियो फुटेजमा पीएलए ग्राउन्ड फोर्स (पीएलएजीएफ) इकाइहरूले हालसालै सीयाओ सीमा पोष्टमा दुईवटा वितरित सेन्सर प्रणालीहरू देखिएका छन् । जुन समुद्री सतहबाट ४ हजार ४०० मिटरको उचाईमा भारतीय सिमाना नजिक अवस्थित छ ।
सीसीटीभीले सीमा सुविधाको बारेमा स्पष्ट रूपमा उल्लेख नगरे पनि शन्न मिलिटरी उप-जिल्लाको नेतृत्वमा रहेको सैन्य परिसर, प्रहरी र अन्य सुरक्षा निकायहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको पाइएको छ ।
उक्त क्षेत्रको उपग्रह इमेजरीको विश्लेषणले हालैका वर्षहरूमा पोस्ट र संख्या विस्तार गरिएको देखिएको छ । सन् १९६२ को चीन-भारत सीमा युद्धपछि चिनियाँ पक्षले बम ला पासबाट भारतीय सीमाको छेउमा रहेको तिब्बतको कोना काउन्टी, शन्नान प्रान्तमा अस्थायी पोस्ट राखेको थियो ।
मिडिया आउटलेटका अनुसार सीमा क्षेत्रमा राखिएका निगरानी प्रणालीहरू चौबीसै घण्टा रिमोट अपरेशनबाट स्वचालित रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।