काठमाडौं – वर्षाैंदेखि आतंककारी गतिविधि सञ्चालन गरेर जनता र सरकारलाई दुःख दिइरहेको माओवादीले भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा आक्रमण गर्दा ५ सैनिकको मृत्यु भएको छ ।
माओवादीको आक्रमणमा परेर १४ जना घाइते भएका जनाइएको छ ।
विस्फोट हुँदा सैनिक बसमा २४ जना सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सैनिकहरू तालिमबाट फर्किंदै गर्दा आक्रमण गरिएको हो ।
घाइते सैनिकहरूलाई वायुसेनाको हेलिकप्टरबाट रायपुर पठाइएको छ । प्रहरीका अनुसार माओवादीहरूले १७ मार्चमा सरकारसँग शान्ति वार्ताको प्रस्ताव गरेका थिए ।
‘जनताको हितको लागि छत्तिसगढ सरकारसँग वार्ता गर्न तयार छौं तर हाम्रा ३ शर्तहरु छन् । जसमा सशस्त्र सेना हटाउने, माओवादीमाथि लगाइएको प्रतिबन्ध हटाउने र जेलमा रहेको नेताहरुको विना शर्त रिहाइ गर्ने,’ माओवादीको विज्ञप्तिमा उल्लेख रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।