काठमाडौं – गम्भीर बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग नबुझ्ने घोषणा गरेका छन् ।
कांग्रेस नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले रकम नलिने बताएको स्पष्ट पारे ।
‘उहाँको परिवारले सरकारले दिने भनेको सहयोग रकम नलिने घोषणा गर्नुभएको छ,’ उनले भने ।
गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पतालपछि नर्भिकमा भर्ना गरिएको थियो । जोशीको हालसम्म होस खुलेको छैन भने भेन्टिलेटरमा राखेर उपचार जारी रहेको छ ।
चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारका तर्फबाट उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । तर परिवारले नलिने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।