काठमाडौं – कम्युनिस्ट पृष्ठभूमिको राजनीति गर्दै प्रतिनिधिसभा सभामुख बनेका अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा कम्युनिस्टभित्र विद्रोह उत्पन्न भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखरमा शनिबार आयोजित कार्यक्रमबीच ठूलो संख्यामा एमाले तथा माओवादीका स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।
सम्पूर्ण नवप्रवेशीहरूलाई पूर्व सूचना तथा सञ्चारमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले टीका र खादा लगाएर स्वागत गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।