आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जम्मू–कश्मीरमा हस्तशिल्प सामाग्री उत्पादन र निर्यात बढाउनेबारे छलफल

जम्मू–कश्मीरमा हस्तशिल्प सामाग्री उत्पादन र निर्यात बढाउनेबारे छलफल

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 7.8K
    SHARES

  • जम्मू–कश्मीरमा हस्तशिल्प सामाग्री उत्पादन र निर्यात बढाउनेबारे छलफल

    श्रीनगर - भारतमा उत्पादित हस्तशील्प सामाग्री क्यानडामा निर्यात बढाउनेबारे जम्मू–काश्मीरमा व्यापार प्रर्बद्र्धक संगठन (जेकेटीपीओ) र क्यानडा तथा ईण्डो क्यानडा चेम्बर्स अफ कमर्स (आईसीसी)को सहकार्यमा भर्चुअल बैठक सम्पन्न भएको छ ।

    जम्मू–काश्मीरमा हस्तशील्प सामाग्री उत्पादन र क्यानडामा आपूर्ति बढाउनेबारे भर्चुअल बैठकमा छलफल भएको छ ।

    बैठकमा क्यानडाका लागि भारतीय वाणिज्यदूत अपूर्व श्रीवास्तब आइसीसीसीका अध्यक्ष विजय थोमस, जेकेटीपीओका महाप्रबन्धक अनु मलहोत्रा लगायत जम्मू–काश्मीरका उच्च अधिकारी तथा हस्तशिल्प निर्यात सम्बन्धि क्यानडा र भारतका अधिकारीहरु उपस्थित थिए।

    आयातकर्ता र निर्यातकर्ताबीच सम्बन्ध बलियो बनाउन र जम्मू–काश्मीर सहित भारतका बिभिन्न ठाँउमा हस्तशील्पीका सामाग्रीको बजार सिर्जना गर्ने बारे बैठकमा छलफल भएको छ ।

     जम्मू–काश्मीरले मात्र २०१९ देखि २०२० को अवधिमा १३ अर्ब ६० करोड भारतीय रुपैँया बराबर को हस्तशील्प सामाग्री निर्यात गरेको बताइएको छ।

    जम्मू–काश्मीरमा हस्तशील्पीका विभागले हस्तशिल्प सामाग्री उत्पादनबारे पाँच सय भन्दा बढी तालिम केन्द्रहरु सञ्चालन गरिरहेको छ । जम्मु काश्मीरमा उत्पादन हुने तामाका सामाग्री, ओखरको काठ, पस्मिना कपडा, कानी सल, लगायत बिधिन्न चित्रहरुबारे बैठकमा छलफल भएको छ । स्रोत ईन्डीया ब्लुम्स -

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ६ २०७७०६:११:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend