आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्कली भारतीय परिचयपत्रसहित पक्राउ 

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्कली भारतीय परिचयपत्रसहित पक्राउ 

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 3.8K
    SHARES

  • नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्कली भारतीय परिचयपत्रसहित पक्राउ 

    काठमाडौं - नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ । 

    उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्ने तरखरमा भए पनि उनीहरुमाथि शंका लागेपछि बागडोग्राबाट सीआईएसएफको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

    उनीहरु भारतीयहरुको सम्पर्कमा रहेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी नेपालबाट भारत जाने चिनियाँहरुको संख्या बढ्न थालेको छ । 

    चिनियाँहरुले नेपाललाई ट्रान्जिट बनाउन थालेका छन् । यसले एक नयाँ त्रास सिर्जना गरेको छ । काठमाडौंको ठमेल क्षेत्रमा रहने अधिकांश चिनियाँहरुले नेपाली बोल्छन् भने कतिपयसँग नेपाली परिपत्र पनि छ । 

    कुनै नेपाली बोल्‍ने र नेपाली परिचयपत्र भएको व्यक्तिले सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्छ भने खासै शंका गरिँदैन । भारतमा पुगेका यी चिनियाँहरु भारतका विभिन्‍न सैन्य क्याम्प नजिकै बस्छन् । उनीहरु त्यहाँ पनि नाम परिवर्तन गरेर नेपाली नाम राख्‍छन् र सकेसम्म भारतीय रक्षा निकायहरुमा जागिरका लागि अवसर खोज्छन् । 

    भारतमा नेपालीहरुलाई निकै विश्‍वास गरिन्छ, जसका कारण नेपालीको नाममा चिनियाँहरुले भारतीय रक्षा निकायमा प्रवेश गरेर सूचनाको जासुसी गर्ने गर्छन् । जुन अति संवेदनशील र गम्भीर विषय बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०७७०४:१६:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend