आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भर्खरै नर्भिक अस्पतालले भन्यो – नविन्द्रराज जोशीको उपचार हुँदैछ

भर्खरै नर्भिक अस्पतालले भन्यो – नविन्द्रराज जोशीको उपचार हुँदैछ

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 7.1K
    SHARES

  • भर्खरै नर्भिक अस्पतालले भन्यो – नविन्द्रराज जोशीको उपचार हुँदैछ

    काठमाडौं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचार जारी रहेको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

    बुधबार बिहान ७ बजे अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व मन्त्री समेत रहेका जोशीको अवस्था गम्भीर रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ ।

    उपचाररत रहेका जोशीबारे बाहिर निराधार हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गरेको छ ।

    विज्ञप्तिमा उल्लेख छ, ‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्ट विना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।’

    यस्तो छ विज्ञप्ति –

    nn.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend