आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपतिलाई नमान्ने भन्दै सर्वदलीय बैठक बहिष्कारको कुरा चलेपछि ...

राष्ट्रपतिलाई नमान्ने भन्दै सर्वदलीय बैठक बहिष्कारको कुरा चलेपछि ...

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 27.9K
    SHARES

  • राष्ट्रपतिलाई नमान्ने भन्दै सर्वदलीय बैठक बहिष्कारको कुरा चलेपछि ...

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका विवादित काममा सहीछाप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना हुँदै आएको थियो ।

    राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न खोज्दा एक जना माओवादी नेताले बैठक बहिष्कार गर्नुपर्ने कुरा चलाएका छन् ।

    नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्तामा आज मंगलवार बिहान नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलवार बोलाएको सर्वदलीय बैठकको औचित्य नै नभएको दाबी गरे । नेता गजुरेलले दलहरूले बैठक बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन् ।

    ‘त्यत्रो अध्यादेश ल्याउँदा दलहरूसँग छलफल नगर्ने राष्ट्रपतिले किन बोलाउने अहिले ? के हैसियत छ र उहाँको बैठक बोलाउने ? के हैसियत छ ?’ उनले प्रश्न गरे ।

    नेता गजुरेलले संसद विघटन गर्दा कसैसँग सल्लाह नगर्ने राष्ट्रपतिले अहिले किन सर्वदलीय बैठक बोलाएको भनेर प्रश्न गरेका छन् । 

    ‘अनपेक्षित रूपमा संसद विघटन गर्नुभयो । त्यतिबेला राष्ट्र प्रमुखले संसद् बचाउन सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन अहिले सर्वदलीय बैठक बोलाउनुको औचित्य के छ ?’ उनले सोधे, ‘यस्तो पनि गर्नुहुन्छ ? अहिले किन बोलाउने ?’

    राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्व प्रधानमन्त्रीलाई मंगलवार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी छन् ।

    राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्व प्रधानमन्त्रीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिएका छन् ।

    ‘पूर्व प्रधानमन्त्री र संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने ।

    बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शितलनिवासको भनाइ छ ।

    सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा राजनीतिक दलबीच तिक्तता बढेको थियो भने पछिल्लो समय गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पुर्‍याइदिएपछि पनि मुलुक राजनीतिक जटिलताबाट गुज्रिँदै आइरहेको छ ।

    अर्को प्रसंगमा नेता गजुरेलले सरकारमा गएका माओवादी केन्द्रका नेताहरूले अर्को पार्टीमा गइसकेपछि मन्त्री पदबाट राजीनामा दिनुपर्नेमा नैतिकता भुलेको आरोप समेत लगाएका छन् । 

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका मन्त्रीहरू माओवादी केन्द्रका भए पनि हालसम्म राजीनामा नदिएर सरकारमै बसिरहेका छन् ।

    माओवादी केन्द्रका २३ जना नेताहरू नेकपा एमालेमा गएर केन्द्रीय सदस्यसमेत भइसकेका छन् तर माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत छैन । पार्टीले आफ्नो पार्टीबाट अर्कै पार्टीमा गइसकेकालाई स्पष्टीकरण सोधेपनि कारवाही भने गरिसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend