एम्स्टर्डम - नेदरल्याण्डका अधिकारीहरुले हिमालयन नुनको कन्टेनरमा रहेको १.५ टन हेरोइनको बरामद गरेका छन् । पाकिस्तानबाट ल्याइएका रोटरडम बन्दरगाहमा बरामद गरिएका डचका अधिकारहीरुले जानकारी दिएका छन् ।
उक्त कन्टेनरहरु बुधवार नियन्त्रणमा लिइएका छन् । नेदरल्याण्ड्स प्रहरीले पाकिस्तानबाट हिमालयन नुनले भरिएको ढुवानी कन्टेनर चेकजाँच गर्दा उक्त हिरोइन बरामद गरिएको हो । यो बरामद गरिएको अहिलेसम्मकै सबैभन्दा ठूला परिमाण भएको जनाइएको छ ।
बेलायतको नेश्नल क्राइम एजेन्सीले दिएको जानकारीको आधारमा डचका अधिकारीहरुले उक्त कन्टेनरमा चेकजाँच गरिएको थियो । दुई साताअघि एटेन-लेउरमा रहेको एउटा छाप्रोबाट सम्पत्तिसहित पाँच जना पक्राउ गरेका छन् ।
पक्राउ परेका पाँच जनामध्ये तीन जना ३३, ३७ र ३८ वर्षका रहेकोले उनीहरुलाई हिरासतमा राखिएको छ भने अन्य दुईजना ६० र ६२ वर्षका भएका कारण उनीहरुलाई रिहा गरिए पनि संदिग्धको सूचीमा राखिएको अभियोजकहरूले जानकारी दिएका छन् ।
हिरोइन बरामद बारेमा टिप्पणी गर्दै पाकिस्तानी पत्रकार तह सिद्दिकीले पाकिस्तानमा हिरोइन अफगानिस्तान हुँदै आउँछ र कथित रूपमा पाकिस्तानी सेनाको निगरानीमा पाकिस्तानमा प्रशोधन हुन्छ ।
"युरोपमा हिमालयन गुलाबी नुन सामान्यतया भारतीय उत्पादनको रूपमा बेचिन्छ । मलाई यो सधैं अनुचित लाग्थ्यो र पाकिस्तानले आफ्नै निर्यात कहिले गर्ने होला भन्नेमा मलाई आश्चर्य लागेको थियो । यस्तो देखिन्छ कि पाकिस्तानमा पीएस हिरोइन अफगानिस्तानबाट आउँछ र पाकिस्तानमा कथित रूपमा प्रशोधन गरिन्छ । "पाकिस्तानी सेनाको पर्यवेक्षणमा यो प्रशोधन गरिन्छ," ती पत्रकारले ट्वीट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।