आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 5.6K
    SHARES

  • पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

    काठमाडौं - पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।
    पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

    टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । 

    पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।

    पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ ।  पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०२:०९:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend