काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले फरेवर रेन्जअन्तर्गतका नयाँ गाडी इटहरीबाट समेत उपलब्ध गराउने भएको छ। कम्पनीले शुक्रबार आयोजना गरेको एक कार्यक्रमबीच नाडा पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्य गाडी सार्वजनिक गरेका हुन्।
कम्पनीले हालै काठमाडौंमा सार्वजनिक गरेको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिका गाडी इटहरीबाट पनि बिक्री सुरु गरेको हो। १२ सय सिसी इन्जिन क्षमताको नयाँ टिगोरको बनावट आकर्षक छ।
आधुनिक सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो कार रातो, पहेंलो, निलो लगायत ६ वटा रङमा उपलब्ध छ। यसैगरी, १२ सय सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र रिर्भस क्यामेरा जस्ता अत्याधुनिक सुविधा छन्। १२ सय सिसी इन्जिन क्षमताकै नयाँ नेक्सनमा इराजस्ता आधुनिक प्रविधि जडान गरिएको छ।
इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ विशेषता भएको नेक्सन ६ वटा रङमा उपलब्ध रहेको सिप्रदीले जनाएको छ। त्यसैगरी १२ सय सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा डिजाइनमा आधारित छ। नेक्सनमा जस्तै इरा प्रविधि भएको यो कार आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कम्पनीको दाबी छ।
यो कार रिदम, स्टाइल, लुक्स र अर्वन गरी चारवटा संस्करणमा उपलब्ध छ। सिप्रदीले २ हजार सिसी इन्जिन क्षमताको एचफाइभ पनि बिएस–६ भर्सन ल्याएको हो। एचफाइभको सुरुआती मूल्य ८५ लाख ९५ हजार रुपैयाँ छ। एच फाइभको फूल अप्सनको मूल्य ८९ लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ।
यसैगरि नेक्सनका विभिन्न मोडलको मूल्य ३५ लाख ९५ हजारदेखि ५२ लाख ५५ हजार रुपैयाँसम्म तोकिएको छ। अल्ट्रोजको मूल्य ३५ लाख ५० हजार राखिएको छ। त्यस्तै टियागोको मूल्य २३ लाखबाट सुरु हुन्छ। टिगोरको मूल्य ३२ लाख ५० देखि ३९ लाख ९५ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।