काठमाडौँ- थ्री स्टार मिडियाले लोकदोहोरी गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको भिडिओ केहि दिन अगाडी मात्र सार्बजनिक गरिएको हो ।
गायक रमेश गौतम र गायिका सरिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा कमल अर्यालको शब्द सिर्जना रहेको छ ।
टेक नारायण चापागाईं ‘टिएनसी’ ले गीतमा संगीत भरेका छन् भने सुनिल परियारको संगीत संयोजन रहेको छ । भिडिओमा रमेश गौतम र बिना रावतको दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ ।
निसान एस.के. को निर्देशनमा तयार पारिएको भिडिओलाई दिपक गिरीले छायाँकन रहेको छ । अमृत चापागाईको सम्पादन रहेको भिडिओलाई थ्रि स्टार मिडियाको आधिकारीक युटुव च्यानलवाट सार्बजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।