काठमाडौ- दुई दशक देखी नेपाली संगित क्षेत्रमा सकृय गीतकार बि पाण्डेको शब्द रचनामा ‘धनवीर’ गीतको भिडियो रिलिज भएको छ।
गीतमा गायक प्रमोद खरेल र अन्जु पन्तको आवाज रहेकोछ। शुभाष भुसालको संगीत, उदयराज पौडेलको संगीत सम्योजन रहेको गीतको म्युजिक भिडिओमा प्रकाश सपुत, दुर्गेश थापा प्रमिला क्षेत्री,महादेब त्रिपाठीले अभिनय गरेका छन् ।
त्यस्तै, सहायक कलाकारका रुपमा प्रज्वल जंग कार्की , अनिशा खड्गी, निरुता खड्का ,मनोज ओली,सोनिका शाहीको अभिनय भिडीओमा देख्न सकिन्छ। रमेश शाहीको लगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् ।
भिडिओमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ । गीतकार बि पाँण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शंका नगर लगायत हिट गीत स्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।