काठमाडौं – अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा बुधवार भएको सवारीसाधन दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमध्ये १० जना मेक्सिकन नागरिक रहेका छन् । ट्रयाक्टर र ट्रेलर आपसमा ठोक्किँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेक्सिकोको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा दुर्घटना भएको थियो ।
अमेरिकी अध्यागमन र भन्सार कार्यालयले दुर्घटनामा मानव तस्करी पनि थियो भन्ने आंशका गरेर अनुसन्धान गरिरहेको छ । सीमा क्षेत्रबाट यसअघि मानव तस्करहरू पनि सक्रिय हुने भएकाले घटनाबारे गहन अनुसन्धानको अपेक्षा गरिएको छ ।
दुर्घटनामा ६८ वर्षीय चालक घाइते भई अस्पताल भर्ना भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।