काठमाडौं – पदीय जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको अभियोग लागेका फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई फ्रेन्च अदालतले दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय हुने फैसला गरेको छ ।
सोमवार अदालतले निकोलसविरुद्ध जेल हुने फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २००७ देखि २०१२ सम्म सार्कोजी फ्रान्समा राष्ट्रपति रहेका थिए । न्यायाधीशले निकोलसले जेलमा समय बिताउनु नपर्ने समेत बताएका छन् ।
निकोलसको २ वर्षको सजाय निलम्बन गरिएको छ भने १ वर्षसम्म घरमै विद्युतीय बाला लगाएर सजायको भागिदार बन्न सकिने जनाइएको छ ।
आधुनिक फ्रान्सको इतिहासमा जेल जाने ६६ वर्षीय निकोलस नै पहिलो राष्ट्रपति हुन् । सोमवार बिहान अदालतमा पूर्ण इजलासले निकोलसमाथि फैसला सुनाएको थियो ।
यसअघि सन् २०११ मा पनि पूर्व राष्ट्रपति ज्याकुएज सिराकले पनि शक्ति दुरुपयोग गरेको भन्दै अदालतको फैसलापछि उनले २ वर्षको निलम्बित सजाय पाएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।