काठमाडौँ - गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।
प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् ।
युवाबर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।
सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।