काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले आज शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रम्तेल २०५२ फागुन १४ सालमा तत्कालीन राज्य पक्षबाट मारिएका हुन् । उनको सम्झनामा गाउँपालिकाले बिदा दिएको हो ।
गत माघ २० र २१ गते चलेको गाउँसभा बैठकले रम्तेलकको स्मृतिमा आज शुक्रवार बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाका अधिकृत अजय सुवेदीले एक सूचना प्रकाशित गर्दै आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।
पढ्नुहोस् सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।