काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर पुगेर क्षमापूजा गरेकै दिन सर्वाेच्च अदालतले मन्दिरमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको छ ।
बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पुगेर क्षमापूजा गरेकी हुन् । आज बुधबारै सर्वोच्च अदालतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको छ ।
पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं बाग्मती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने सरकारी निर्णयविरुद्ध रिट दायर गरेका हुन् । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा तत्काल जलहरी राख्ने कार्य नगर्नु भनी अन्तरिम आदेश दिएको छ ।
अदालतले थप छलफलका लागि वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते बोलाएको छ । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले क्षमापूजा गरेकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।