काठमाडौँ- चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारको आबाजमा लोकदोहोरि गीत 'रुमाल धुन पर्यो...' रिजिल भएको छ । बुधबार बिरही बस्याल नामक युटुब च्यानल मार्फत उक्त गीतको भिडिओ रिलिज गरिएको हो ।
चर्चित सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक तथा संगीतकार खेम सेन्चुरीले नै गीतको संगीत भरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै मन जित्न सफल भएको छ ।
पछिल्लो समयका ब्यस्त निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारीएको भिडिओमा मोडल जुना गुरुङ र बिरही बस्यालको दमदार अभिनय देख्न सकिन्छ ।
गोधुली क्रियसनको ब्यानरमा तयार पारिएको भिडिओलाई करण चैसिरले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।