आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

साधना म्युजिक अवार्डले गर्यो उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्डले गर्यो उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 5.5K
    SHARES

  • साधना म्युजिक अवार्डले गर्यो उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

    काठमाडौँ- सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्युजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रमाणपत्र प्रदान गरिएको हो ।

    विभिन्न ३० विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, पपलगायतका विधाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । मनोनयनको प्रमाणपत्र लिने उक्त कार्यक्रममा गायक रामजी खाँड, पुष्कल शर्मा, कस्तुप पन्त, नेत्र भण्डारी, कोरियोग्राफर काजिस श्रेष्ठ, मोडल सनम कठायत, चिरञ्जीवी सापकोटा, पिएन सापकोटा, शिशिर पौडेल, टीका जैसी, उषा सुवेदी, लक्ष्मी कार्की, गायिका सञ्जु न्यौपाने, रितु तामाङ, सङ्गीतकार सन्तोष श्रेष्ठ, एरेन्जर राकेश सोनी, निर्देशक माधव खरेल, जीवन शाही, देवेन्द्र पाण्डे बहिरा कलकार सुजल बमलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ पत्रकार शान्तिप्रिय, रेडियो काठमाडौंका प्रमुख बजार व्यवस्थापक एवम् सञ्चारकर्मी चन्द्रमणी गौतम, म्युजिक खबरका सम्पादक सविता पोखरेल, गायिका तथा व्यवसायी धनकुमारी थापा सरु, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, उपाध्यक्ष लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराईलगायतको आतिथ्यता थियो ।

    सामना क्रियशनका अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमलाई सञ्चारकर्मी दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १२ २०७७१२:३३:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend