काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा लोकदोहोरी गीत 'फलाम पिटे तरबार...' रिलिज भएको छ ।
गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रिको आबाजमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
भागिरथ चलाउने कै शब्द, संगीत रहेको उक्त गीतको संगीत संयोजन आषिस अविरलकले गरेका हुन् । अभिनय गरेर नै सबैलाई रुवाउन सक्ने मोडल आशिर प्रताप जंगले अहिले भने डान्स टाइपको भिडिओमा दमदार नित्य देख्न सकिन्छ ।
भिडिओमा सानो उमेरमा नै आफुलाई गीतसंगीत भिडिओमा चिनाउन सफल मोडल लोशिना लामिछानेको नित्य देखाइएको छ । दिपक गिरिको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।
गायक भागिरथ चलाउनेको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।