आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीका कारण देशमा ग्रहण लाग्यो : पूर्व राष्ट्रपति डा. यादव

विद्या भण्डारीका कारण देशमा ग्रहण लाग्यो : पूर्व राष्ट्रपति डा. यादव

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 10.7K
    SHARES

  • विद्या भण्डारीका कारण देशमा ग्रहण लाग्यो : पूर्व राष्ट्रपति डा. यादव

    काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान रक्षा गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देशमा ग्रहण लागेको आरोप लगाएका छन् ।

    जनकपुरमा शुक्रवार आयोजित ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचार संग्रह’ लोकार्पण कार्यक्रममा पूर्व राष्ट्रपति यादवले भने, ‘बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनुपर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरे । संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो ।’ 

    संविधान रक्षा गर्ने राष्ट्रपति भण्डारीले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नुपर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवले बताए ।

    पूर्व राष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताएका छन् । डा. यादवले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाएका छन् । 

    ‘प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ,’ यादवले भने ।

    विपक्षी र विज्ञसँग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नुपर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाएका छन् । मुलुक र लोकतन्त्रमाथि आएको संकटले राति निद्रा लाग्न छाडेको बताउँदै डा. यादवले मुलुकलाई आईसीयूबाट जनरल वार्डमा ल्याउन सहकार्य र समन्वय गर्नुपर्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend