काठमाडौं - लोकदोहोरि गायक बिष्णु खत्री र मिना लामाको स्वर रहेको ‘अधेरीमा उज्यालो टुकी...’ बोलको गीत रिलिज भएको छ ।
छोटो समयमा नै चर्चा बटुल्न सफल भिडिओलाई बिष्णु खत्रीको आफ्नै अफिसियल युटुब च्यानल बाट रिलिज गरिएको हो ।
लोक दोहोरी गीतमा बिष्णु खत्रीको शब्द र संगीत रहेको छ । गीतको एरेञ्जर कृष्ण भान्जाले गरेका छन् ।
म्युजिक भिडिओको निर्देशन होम गुरुङले गरेका छन् । भिडिओमा मोडल रुबिना अधिकारी र लोमश शर्माको दमदार अभिनय देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाँकन रहेको भिडिओको नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।