आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब नेपाली कांग्रेसको सभापति पदमा चुनाव लड्छु : डा. शेखर कोइराला

अब नेपाली कांग्रेसको सभापति पदमा चुनाव लड्छु : डा. शेखर कोइराला

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 11.6K
    SHARES

  • अब नेपाली कांग्रेसको सभापति पदमा चुनाव लड्छु : डा. शेखर कोइराला

    काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।

    नेपाल प्रेस युनियन दाङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सभापतिमा चुनाव लड्ने बताए ।

    नेता कोइरालाले आफू सभापतिबाहेक अरु कुनै पनि पदमा नलड्ने बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताउँदै कोइरालाले नत्र भने कांग्रेसको हालत समेत नेकपाको जस्तै हुने बताएका छन् ।

    ‘विधान अनुसार कांग्रेसको समय सकिसकेको छ, अब संविधानले दिएको व्यवस्था अनुसार पनि भदौमा चुनाव गर्नेपर्छ’, उनले भने, ‘नत्र कांग्रेसको हालत पनि कम्युनिस्टकै जस्तो हुन्छ ।’ 

    कोइरालाले देशको चुनावभन्दा कांग्रेसका लागि आफ्नो महाधिवेशन महत्त्वपूर्ण भएको बताएका छन् । उनले देशको अबको निकासका निम्ति निर्वाचन अन्तिम विकल्प भएको बताए । 

    अब कांग्रेसकै नेतृत्वमा अल्पमतको चुनावी सरकार बनाउन उपयुक्त रहेको बताए । कोइरालाले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले दलहरू मिलेर अल्पमतको सरकार गठन गर्नुपर्ने समेत बताएका छन् । 

    ‘बहुमतको सरकार बनाएर निर्वाचनका लागि २ वर्ष पर्खिनुपर्छ,’ कोइरालाले भने, ‘त्यसैले कांग्रेसले एमाले, माओवादी र मधेशवादी दलसँग छलफल गरेर अल्पमतको सरकार गठनमा लाग्नुपर्छ ।’

    अल्पमतको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै उनले त्यसका लागि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend