काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले वन तथा वातावरण मन्त्री रहेका बेला सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले स्पष्टीकरण दिएको छ ।
सभामुख सापकोटाको सचिवालयले आज आईतबार प्रेस नोट जारी गर्दै भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस नोटमा जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिम भएको विषयलाई सापकोटासँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको उल्लेख छ ।
सर्वोच्च अदालतको तत्कालीन फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था (संविधानको धारा १२६) र तत्कालीन वन तथा भूसंरक्षण सचिवले उठाएको टिप्पणीअनुसार अगाडि बढाइएको दाबी सचिवालयले गरेको छ ।
केही दिनअघि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणबाहिर ल्याउने अधिवक्ता युवराज कोइरालाले तत्कालीन वनमन्त्री सापकोटाले धरानको सर्दु जलाधार क्षेत्रको ३४८ विघा सरकारी जग्गा व्यक्तिको नाममा गराइएको गम्भीर आरोप लगाएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।