काठमाडौँ- ब्यापक चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका मेलिना राईको आवाजमा लोकदोहोरी गीत 'जुनकिरी...' रिलिज भएको छ । रिलिज भएको
गीतकार प्रल्लाद सुबेदीको शब्दलाई टपक्क टिपेर संगीतकार योगेश काजिले गीतको संगीत भरेका छन् ।
छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको संगीत संयोजन योगेश काजीले नै गरेका हुन् । कुलेन्द्र विश्वकर्माको आफ्नै अफिसियल युटुब च्यानल कुलेन्द्र विश्वकर्माबाट सार्बजनिक गरिएको हो ।
मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडिओमा कुलेन्द्र विश्वकर्मा, नायिका निता ढुंगाना, मनिषा सिलवाल र नतहुनी सिलवालको दमार अभिनय देख्न सकिन्छ । भिडिओको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।