आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वर्षभरिका सार्वजनिक बिदा बढाउनेबारे गृहमन्त्री थापाको यस्तो घोषणा

वर्षभरिका सार्वजनिक बिदा बढाउनेबारे गृहमन्त्री थापाको यस्तो घोषणा

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 5.4K
    SHARES

  • वर्षभरिका सार्वजनिक बिदा बढाउनेबारे गृहमन्त्री थापाको यस्तो घोषणा

    काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले यसअघि कटौती गरेका बिदालाई फेरि वार्षिक क्वालेन्डरमा समावेश गरेर वर्षभरि थप गर्ने घोषणा गरेका छन् ।

    सोनाम ल्होसार पर्वको अवसरमा आज शुक्रवार काठमाडौंको बूढानीलकण्ठमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री थापाले आदिवासी, जनजातिका कटौती भएका महत्त्वपूर्ण चाडपर्वका बिदा फेरि दिइने बताए ।

    गृहमन्त्री थापाले माघी, ल्होसार लगायतका चाडपर्वका बिदा कटौती भएकोमा त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर यस्ता बिदा पात्रोमै सार्वजनिक बिदाका रूपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा आदिवासी जनजाति संगठनहरूले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

    विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो, त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend