काठमाडौ - गायक सिडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ ।
एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो ।
टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न् । ‘दुरी मजबुरी’ गीत इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ । भ्यालेन्टाइन विशेष बनेको यो गीत मर्मस्पर्सी बनेको छ ।
उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीतको म्युजिक भिडियो पनि दमदार बनेको छ । अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ नव मोडल अशु न्यौपानेको साथमा चर्चित अभिनेता सरोज खनाल, रश्मि भट्टसंगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को पनि दमदार अभिनय देख्न सकिन्छ ।
सस्पेन्स सहित अन्त्य भएको म्युजिक भिडियोको फिमेल भर्सन सहित म्युजिक भिडियो चाडै आउने गीतका टिमले बताएका छन् ।
निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले निकै समय र मेहेनत लगाएर बनाएको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् ।
गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई जनता डिजिटल फिल्मस्ले पोस्ट प्रोडक्सन हेरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।