आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 3.5K
    SHARES

  • आज देशभर सार्वजनिक बिदा

    काठमाडौं – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज शुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    पर्वको अवसरले सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । वार्षिक क्यालेन्डरमा नभएपनि सरकारले आकस्मिक निर्णय गरेर बिदा दिएको हो ।

    मञ्जुश्री पात्रोअनुसार आज शुक्रबारदेखि २८५७ औं वर्ष सुरू हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

    प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने गरिएको छ ।

    ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताइन् । तामाङ जातिको बाहुल्यता रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाउने गरिएको छ ।

    पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने लामाले बताएका छन् ।

    बौद्ध क्षेत्रमा आज शुक्रबार सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने छ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने छ ।

    राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने छ । देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend